८ बैशाख,

बाँके ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्रीसँग जोडिएको प्रकरणमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेको छ। पार्टीले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने अपरिहार्य सिद्धान्त भएको उल्लेख गर्दै सार्वजनिक पदाधिकारीमाथि प्रश्न उठेपछि त्यसलाई कानुनी परिधिभित्र रहेर तथ्यका आधारमा अनुसन्धान गरिनुपर्नेमा जोड दिएको छ।

प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा सुशासनका आधारभूत मूल्य–मान्यताहरूलाई संस्थागत गर्न पारदर्शिता र जवाफदेहिता अनिवार्य हुने उल्लेख गरिएको छ। एमालेले विगतदेखि नै दण्डहीनताको अन्त्य र पारदर्शी शासन प्रणालीप्रति आफ्नो प्रतिबद्धता कायम राख्दै आएको दाबी गरेको छ।

विज्ञप्तिमा सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएपछि सरोकारवालाहरूबीच विभिन्न प्रश्न उठ्न थालेको उल्लेख गर्दै विशेषगरी गृहमन्त्रीसँग जोडिएको विषयले गम्भीर आशंका पैदा गरेको जनाइएको छ। उक्त प्रकरणले विगतका सम्भावित अनियमितता र विसंगतिका तथ्यहरू उजागर हुन सक्ने संकेतसमेत दिएको एमालेको भनाइ छ।

एमालेले गृहमन्त्रीसँग सम्बन्धित सबै विषयमा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै अनुसन्धान प्रक्रियालाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ। साथै, उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल छानबिन प्रक्रिया सुरु गर्न र गृहमन्त्री स्वयंले अनुसन्धानमा सहयोग गर्न मार्गप्रशस्त गर्नुपर्ने माग पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख