
२७ चैत्र,
बाँके : पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएपछि आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा फसाइएको प्रतिक्रिया दिएका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आंदोलनको घटनासम्बन्धी गठित आयोगको प्रतिवेदनलाई आधार बनाएर आफूविरुद्ध फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उनले बताएका छन्। तर उक्त प्रतिवेदन अपूर्ण, अप्रमाणित र पूर्वाग्रही रहेको उनको आरोप छ।
रिहाइपछि उनले आफूलाई समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति धन्यवाद दिएका छन्।
साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै उनले आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने बताएका छन्।
उनले अब पनि कानुनी र राजनीतिक लडाइँ जारी रहने स्पष्ट पार्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।









