२६ चैत्र,

बाँके : आगामी शैक्षिक सत्रमा विद्यालय तहको पठनपाठन वैशाख २१ गते शुरु हुने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १५ गते भर्ना शुरु भए पनि पठनपाठन २१ गतेदेखि हुने बताएको छ।

यसअघि सरकारले वैशाख  १५ देखि शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो। यसमा सर्वसाधारणलाई अलमल भएको भन्दै केन्द्रले भर्ना १५ गते र २१ गते पठनपाठन शुरु हुने जनाएको हो। अघिल्ला वर्षमा सरकारले वैशाख २ गते शैक्षिक सत्र शुरु गर्ने गरेको थियो।

केन्द्रको सूचनामा वैशाख २ गतेदेखि प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्य गर्न निर्देशन दिएको छ। १५ वैशाखअघि शैक्षिक सत्रका कार्ययोजना निर्माण गर्ने,  वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण/तयारी गर्ने,  विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने भनिएको छ।

त्यसैगरी शिक्षकको पेशागत क्षमता विकासका कार्य सञ्चालन गर्ने र  विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित ख