२६ चैत्र,

प्युठान — गत चैत २१ गते ऐरावती गाउँपालिका–१ छेडाघाटमा भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ऐरावती कमिटिद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट उठेको रकम बिहिबार पीडितहरूलाई हस्तान्तरण गरिएको हो।

अभियानमार्फत संकलित कुल १ लाख २४ हजार ५५० रुपैयाँ पीडित पक्षलाई वितरण गरिएको छ। सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई पार्टीले धन्यवाद व्यक्त गरेको छ।

उक्त आगलागी घटनामा ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने करिब ७/८ वटा गोठ तथा कटेरा जलेका थिए। आगलागीका कारण करिब १५० वटा चौपाया जलेर मरेका थिए ।

स्थानीय तह र विभिन्न संघसंस्थाको सहयोगमा पीडितहरूको पुनर्स्थापना तथा राहतका कार्यहरू अगाडि बढाइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख