
२३ चैत्र,
बाँके । लुम्बिनी प्रदेश सरकारले२०८३ सालका लागि थप सार्वजनिक तथा पर्व विदा दीने निर्णय गरेको छ। प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा प्रदेशभर र केही स्थानमा सम्बन्धित क्षेत्रमा मात्र विदा दिइनेछ।
सूचनाअनुसार हरितालिका तीज व्रत भदौ १९ गते, माघी/माघे संक्रान्ति माघ २ गते, प्रदेश स्थापना दिवस माघ २१ गते तथा बसन्त पञ्चमी (श्रीपञ्चमी), माघ २८ गते प्रदेशभर सार्वजनिक विदा रहनेछ।
यस्तै, विभिन्न समुदायका विशेष पर्वलाई लक्षित गर्दै सम्बन्धित क्षेत्रमा मात्र विदा दिने व्यवस्था गरिएको छ। भुइयाँ पूजा रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा, ईद पर्व बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी क्षेत्रमा तथा भगवती जात्रा पाल्पामा मनाइने भएकाले ती स्थानहरूमा मात्र विदा दिइनेछ।
त्यसैगरी, मगर दिवस फागुन १५ गते मनाइने र उक्त दिन मगर समुदाय बसोबास गर्ने जिल्लाहरूमा सार्वजनिक विदा रहनेछ।










