
२२ चैत्र,
कास्की । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ८ बजेर ३४ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रकाअनुसार, कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।









