१९ चैत्र,

सुर्ख़ेत – सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आज परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै परिवारले लामो समयसम्म शव नबुझ्दा घटना थप संवेदनशील बनेको थियो।

पारिवारिक स्रोतकाअनुसार शव बुझिसकेपछि आजै भेरी नदी किनारमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। यस घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चार नाबालकलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ।

गुर्भाकोट- ६ बडाखोलीकी इनिशा वीरेन्द्रनगर- १ मा परिवारसँग बस्दै आएकी थिइन्। उनी कक्षा ११ मा अध्ययनरत थिइन्।

फागुन २३ गते ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी उनी केही घण्टापछि वीरेन्द्रनगर- ४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित ख