१७ चैत्र,

बाँके : पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध सडक प्रदर्शनमा उत्रिएको नेकपा एमालेले अब पहिला कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ। 

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेसम्म देशभर जिल्लास्तरमा वृहत कार्यकर्ता भेला गरी प्रशिक्षण गर्ने निर्णय गरेको हो। 

‘चैत २४ गतेसम्म सबै जिल्ला कमिटीको आयोजना जिल्लास्तरमा वृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारे प्रशिक्षित गर्ने निर्णय भएको छ।

चैत २८ गते देशभरका सबै पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने, २०८३ वैशाख ३ गते सबै वडामा वडा भेला तथा विरोध प्रदर्शन गर्ने र वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय गरीएको छ । त्यस्तै वैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय भएको छ । 

बैठकले एमालेको प्रदर्शनमा प्रहरीले गरेको दमनको निन्दा एवं भत्सर्ना गर्ने निर्णय पनि गरेको छ। सुर्खेतमा प्रहरीले एमाले जिल्ला पार्टी कार्यालयभित्रै प्रवेश गरी कुटपीट गरेको र काठमाडौंमा अत्यधिक बल प्रयोग गरेको भन्दै एमालेले विरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख