सुर्खेत: सुशीला रेग्मी
सिम्ता गाउँपालिका मा युवाहरूलाई सीपयुक्त बनाउने उद्देश्यसहित निःशुल्क ड्राइभिङ्ग तालिम कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा बुद्ध ड्राइभिङ्ग ट्रेनिङ सेन्टर को सहजीकरणमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा (रेग्मी) तथा प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा को उपस्थितिमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँपालिकाले रोजगारी सिर्जना तथा विदेश पलायन घटाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे।
उपाध्यक्ष शर्मा (रेग्मी) ले महिलाहरू तथा बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो तालिमले आयआर्जनका अवसर बढाउने विश्वास व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत शर्माले तालिमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन आवश्यक समन्वय र सहकार्य जारी रहने बताए।
तालिममा सहभागीहरूले सैद्धान्तिक तथा प्रयोगात्मक दुबै प्रकारका ज्ञान हासिल गर्नेछन्। यसले सुरक्षित सवारी सञ्चालनसँगै भविष्यमा पेशागत चालक बन्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।
नेपालमा विभिन्न स्थानमा यस्ता निःशुल्क तालिमहरूले विपन्न तथा बेरोजगार वर्गलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँदै आएको पाइन्छ 






