२० माघ,

बाँके — बाँके जिल्लाका विभिन्न स्थानबाट भारतदेखि नेपालतर्फ भन्सार छलि तस्करी गरी ल्याइएका अवैध सामान बरामद गरिएको छ।

प्रहरीले विभिन्न समयमा गरेको चेकजाँचका क्रममा लत्ताकपडा, खाद्यान्न सामग्री, सुर्तीजन्य पदार्थ, मोबाइल डिस्प्ले, हटकेशलगायतका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानको अन्दाजी मूल्य रु. ४१ हजार ७ सय बराबर रहेको जनाइएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख