६ माघ,

बाँके — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई नेपाली जनताका लागि विशेष दिनका रूपमा उल्लेख गर्दै उज्यालो भविष्य निर्माणको अभियान सुरु भएको बताएका छन्।

शुभ विहानी सन्देशमार्फत ओलीले विगतमा हराएका र भत्किएका सपनाहरूलाई पुनः जागृत गर्दै नयाँ पुस्ताका लागि सुन्दर भविष्य निर्माण गर्ने संकल्प आजबाट प्रारम्भ भएको बताए। उनले नेपाली जनतामा दृढ विश्वास व्यक्त गर्दै “हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ” भन्ने विश्वास दोहोर्‍याए।

ओलीले जलेका सपनाहरूलाई पुनः जीवन्त बनाउँदै राष्ट्रिय एकता र सामूहिक प्रयासमार्फत समृद्ध नेपालको यात्रा अघि बढ्ने उल्लेख गरे। उनले सबै नेपालीलाई उक्त यात्रामा एकजुट भएर अघि बढ्न आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख