३ माघ,

बर्दिया — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्नाका लागि बर्दियामा ४ हजार ४ सय जनाले आवेदन दिएका छन्।

जिल्लामा १ हजार ८ सय २६ जना नेपाल प्रहरी र २ सय जना सशस्त्र प्रहरी गरी कुल २ हजार २६ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा सो सङ्ख्याका लागि आवेदन आह्वान गरिएको थियो।

पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो।

डीएसपी मल्लका अनुसार माघ ५ गतेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया सुरु गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित ख