२ मंसिर,

बाँके। भदौ २४ गते भएको GEN-Z प्रदर्शनको अवसरमा अपराधिक समूहले घुसपैठ गरी उच्च अदालत तुलसीपुर, ईजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरीजस्ता आपराधिक घटनाहरू सञ्चालन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, नेपालगंज ४ बस्ने रवि कुमार वैश्य, नेपालगंज १० बस्ने बल्लु गोडिया, नेपालगंज ९ बस्ने गंगा सागर वर्मा, नेपालगंज ५ बस्ने मो. ताहिर हलवाई, नेपालगंज ४ बस्ने एशन राज सिद्दिकी र नेपालगंज  ९ बस्ने ओमराज सोनी रहेका छन ।

उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध उच्च अदालतबाट कानूनी कारबाहीका लागि आपराधिक उपद्रवसम्बन्धी कसूरमा जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार, घटनामा संलग्न मध्येका ६ जना व्यक्तिलाई मंसिर ३० गते (२०८२/०७/३०) नेपालगन्जका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला अदालत, बाँकेको आदेशमा ५ दिनको म्याद थप गरिई आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख