
१ मंसिर,
काठमाडौं – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले स्तब्ध बनाउँदै उद्घाटन खेलमा काठमाडौं गोर्खाजले सानदार बिजयीको सुरूवात गरेको छ।
जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो।
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन्। यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिमले २७ दिन, कुल ३२ खेल खेल्नेछन्। फाइनल खेल मंसिर २७ गते हुनेछ। यो पटक पहिलप संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टिमले १५ लाख नगद पुरस्कार राशी प्राप्त गर्नेछन्। टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल भएको छ।
भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।











