
बाँकेको गणेश मावि ढकेरीले राप्तीसोनारी गाउँपालिकाको शिक्षा शाखा प्रमुखले मिति २०८१ / ६/१६ गते गरेको लिखित पत्रको वेवास्था गर्दै आएको छ। शाखा प्रमुखले जारी गरेको पत्रानुसार राप्ती सोनारी गाँउपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति सबैलाई सयुक्त रुपमा पत्राचार गरेको थियो। जसमा केही सामुदायिक विद्यालय व्यवस्थापन समितिले प्रक्रिया अगाडी बढाएको भएता पनि गणेश मावि ढकेरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुनै चासो नदेखाइ कानमा तेल हाली गुमनाम जस्तै बनेका छन। यसै विषयलाई लिएर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिप्रसाद रेग्मी सँग के हो त वास्तविकता भनी बुझ्न खोज्दा बाँके अपडेट सँग पटक पटक आलटाल गर्दै आएका छन।
पालिकाले मातहतमा संचालित सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक व्यवस्थापन गर्न गाउँ शिक्षा समितिको मिति २०८१/६/१० बैठकको निर्णय अनुसार शिक्षा ऐन २०२८ (संसोधन समेत) र शिक्षा नियमावली २०५९ (संसोधन समेत) मा व्यवस्था भए बमोजिम त्यस विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वरिष्ठ शिक्षकलाई प्रधानाध्यापक पदमा नियुक्ती गरि प्र.अ तथा नि. प्र.अ व्यवस्थापन गर्न गराउँनु हुन भनि पत्रमा उल्लेख गरिएको पाइन्छ। सो पत्रानुसार वडा शिक्षा समितिले समेत कार्यन्वयन गर्नको लागि पत्र पठाएको स्रोतले बाँके अपडेटलाई बताएको छ। वडा शिक्षा समितिले समेत पत्र पठाउँदा पनि कार्यान्वयन नगरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घमण्डका साथ छाती फुलाउदै आफ्नो फेबरको प्र.अ भएको कारण सम्पूर्ण पत्र को वेवास्था गरेको स्थानिय अभिभावकको आरोप छ । साथै अहिले बहालमा रहेको प्र.अ खडानन्द डाँगी भन्दा दुई जना शिक्षक बरिष्ठ रहेको र निज शिक्षकहरु दुबै जना नेपाल शिक्षक संघमा आबद्ध नरहेको र अहिलेका प्र.अ नेपाल शिक्षक संघमा आबद्ध भएकाले राजनितिको दाउपेजमा प्र. अ बदल्ने कुरामा व्यवस्थापन समिति मौन रहेको छ।









