बाँके,२०८१-१-१५ गते अन्दाजी ५ बजेको समयमा बाँके कोहपुर २ ए .पि .एफ. स्कुल नजिकै मध्य पश्चिम पानी उद्योगको भे १च २७६७ गाडीले साईकल यात्री बाँकेको कोहलपुर नगरपालिका वडा न. २ बस्ने बर्ष ४२ की जुना बोहरालाई ठक्कर दिएको थियो। गाडिको ठक्करबाट उनको टाउँको तथा दाहिने कुममा चोट लागेको थियो। त्यसै दिन देखी उनलाई नेपालगंज मेडिकल कलेज कोहलपुर को ICU मा राखेर उपचार हुँदै आइरहेको थियो। ICUमा राखेर उपचार हुँदै गर्दा एक्कासी अवस्था गम्भिर हुँदै गए पछी उनलाई भेन्टिलेटरमा सारिएको थियो भने २०८१-१-२२ गते विहान ३ः५६ बजे समयमा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। मृतकका आफन्तहरु हस्पिटलले गाडि साहु सँग मिलेर आफ्नो विरामी मारेको आरोप लगाउँदै हस्पिटलको गेटमा ३ सुत्रिय माग राख्दै २ दिन देखी विरोद गर्दै आइरहेका छन भने हस्पिटल प्रशासन तथा उपचारमा संलग्न डाक्टरहरुले उपचार गर्ने कुरामा कुनै पनी कसर बाँकी नराखेको बताएको छ। विरामीका आफन्तहरुले ICU मा उपचार गर्ने समयमा बाहिरको मान्छे छिराएको र उपचारमा लापरबाही गरेको भन्ने आरोप लगाएपछी हस्पटिल प्रशासनले २०८१l१ ।१९ गते राती १०:०० बजे देखी बिहान ६ः२५ बजे सम्मको सिसिटिभी फुटेज अस्पताल प्रशासनको अनुमतिमा बिरामीको आफन्तलाई देखाएको थियो। फुटेज देखाउँने क्रममा हस्पिटलका डाइरेक्टर रेशम राना आएर प्रक्रिया पुरा नगरी किन फुटेज देखाएको र फुटेज हेरेर तपाईहरु के बुझ्नु हुन्छ डाक्टर तथा विषय विशेषज्ञ साथमा राखेर हेर्नु पर्ने भनी सबैलाई बाहिर निकाले पछी हस्पिटल प्रशासन बाहिर केही समय सम्म विरामीका आफन्तहरुले नारा बाजि गरेका थिए। त्यसको केही समय पछी मेडिकल कलेज कोहलपुरका प्रमुख र उपचारमा संलग्न डाक्टर सँग वार्ता गर्ने भएपछी बिरामीका आफन्तले नाराबाजी गर्ने रोकेर मेडिकल कलेजको मेसमा वार्तामा बसेको थियो। वार्तामा अस्पताल प्रमुखसँग सिटिभिटी फुटेज हेर्दाहेदै किन गालि गरेर निकालेको भनी केही समय चर्काचर्की परेको थियो। अस्पतालका प्रमुख रेशम रानाले आफुलाई प्रक्रिया पुरा गरी सिसिटिभी हेर्दै गरेको भनी थाहा नभएको र आफु कामबाट थाकेर आएको आफ्नो बोली अलि चर्को भएकोमा माफी मागेका थिए। त्यसपछी बिरामीका आफन्तहरुले हस्पिटलले उपचारमा लापरबाही गरेकोले लालन पालन स्वस्थ्य र शिक्षाको जिम्मा लिनु पर्ने माग साथै छानविन समिति बनाएर प्रतिवेदन नआउँदा सम्म बिरामीलाई भेन्टिलेटरबाट बाहिर ननिकाल्ने सर्त अगि सारे सँगै अस्पताल प्रशासनले जिल्ला प्रशासन गएर निवेदन दिनुहोस र डाक्टर नर्सहरु दोषी ठहर भएको बखत कार्बाही भोग्न तयार छौं भनेर बताएको थियो। बिरामीका आफन्तले अस्पतालले सक्ने सहयोग गर्नु पर्यो भनेर बताए पछी अस्पताल प्रमुखले आफ्नो हस्पिटलमा हुने उपचार निःशुल्क गर्न आफु तयार भएको र कागज गर्नु पर्छ भने कागज पनी गरौँ भनेका थिए। कागज गर्ने कुरामा मृतकका नानी बाबुको जन्म दर्ता तत्काल नभएको र रात पनी पर्न लागेकाले फेरी अर्कोदिन कागज गर्ने भनि एक किसिमको मौखिक सहमतिमा वार्ता टुङ्गिएको थियो।वार्तामा नगएको अर्को पक्ष टिमले उक्त सहमति नमानेर फेरी विवाद भइरहेको थियो। उक्त बिवादलाई समाधान गर्नको लागि आज अपरान्ह बसेको मृतकका आफन्तहरु ,हस्पिटल प्रशासनको टिम ,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को रोहबरमा वार्ता बसेको थियो l मृतकका आफन्त हरुले निम्न ७ बुदे माग १. CCTV ICU कक्षको उपलब्ध गराई छानविन गर्नुपर्ने
२. मेडिकल डाइरेक्टरले रिफर गर्ने अनुमति नदिनुको मुख्य कारण प्रष्ट पार्नु पर्ने (प्रमाण सहित)
३. उपचार गर्दा चलाइएको प्रविधि औषधीको पूर्ण विवरण साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी हरुको रिपोर्ट उपलब्ध गराउनु पर्ने
४. मृतकको उपचारमा संलग्न चिकित्सकहरु मध्ये उपचारलाई प्रभाव पारी मृत्युतर्फ धकल्ने दोषी स्वास्थ्यकर्मीहरुलाई तुरुन्त कार्बाही गर्नु पर्ने
५. मृतकका अनाथ तथा नाबालक छोरा र छोरीको उच्च शिक्षा MBBS को लागि पूर्ण छात्रवृत्तिको ग्यारेन्टी गर्नुपर्ने
६. मृतकका छोरा र छोरीलाई लालन पालन तथा रोजगारीको पूर्ण ग्यारेन्टीको व्यवस्था गर्नुपर्ने
७ . घटनाको स्वतन्त्र तथा निश्पक्ष छानविन समिति गठन गर्नुपर्ने
घटनाको स्वतन्त्र तथा निश्पक्ष छानविन समिति गठन गर्नुपर्ने माग राखेको थियो। अस्पतालले कुनै पनी माग पूरा गर्न नसकिने र कानुनी उपचारमा जान आग्रह गरेको थियो। त्यस लगतै मृतकको तर्फबाट माग राखेका कृष्ण कुमार आर्चायले दिइएको मागहरु पूरा नभए लास भेन्टिलेटरबाट मर्चरीमा राख्न असहमति जनाउँदै बाहिर निस्किएपछी अहिले उक्त लासलाई नेपाल प्रहरीले मर्चरीमा ल्याएर राखेको छ।वार्तामा बस्ने टिम र अस्पतालमा आएका आफन्तहरुको आफैमा एकरूपता नभएको साथै ठोस निर्णय लिएर अघि बढ्न नसकेको ७ . घटनाको स्वतन्त्र तथा निश्पक्ष छानविन समिति गठन गर्नुपर्ने
घटनाको स्वतन्त्र तथा निश्पक्ष छानविन समिति गठन गर्नुपर्ने माग राखेको थियो। अस्पतालले कुनै पनी माग पूरा गर्न नसकिने र कानुनी उपचारमा जान आग्रह गरेको थियो। त्यस लगतै मृतकको तर्फबाट माग राखेका कृष्ण कुमार आर्चायले दिइएको मागहरु पूरा नभए लास भेन्टिलेटरबाट मर्चरीमा राख्न असहमति जनाउँदै बाहिर निस्किएपछी उक्त लासलाई नेपाल प्रहरीले मर्चरीमा ल्याएर राखेको थियो। २०८१/१ / २२ बसेको अस्पताल प्रशासन र मृतकका आफन्तको वार्ता सफल नभएपछी २०८१/१/२३ गते आइतबारका दिन नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका नि. निर्देशक प्रा.डा. दिनेश श्रेष्ठ र २०८१/१/२२ गते निधन भएकी जुना बोहराको आफन्तहरु साथै प्रहरी प्रशासन बसी मृतक जुना बोहराको २ सन्तान मध्ये एक जनालाई कार्य दक्षताको आधारमा नेपालगंज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा रोजगारको लागि प्राथमिक्ताका साथ व्यवस्थापन गर्ने निर्णय भए सँगै मृतकका आफन्तको अस्पताल प्रशासनसँगको विवाद समाप्त भएको छ।मृतकका आफन्तको सवारी धनिसँग सहमति भने हुन सकेको छैन।जुना बोहराको शवलाई भने अहिले सम्म नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको मर्चरीमा राखिएको छ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख