
बाँके ,गोविन्द भण्डारी
सशस्त्र प्रहरीमा प्रशासन विभाग प्रमुखमा एआइजी गौतम आय लगत्तै मनोमानी बढेको गौतम माथि केहि अधिकृत क्रमचारीहरुले आरोप लगायका छन् । अधिकृत क्रमचारीको भनाइ अनुसार केही दिनअघि नियतवश उनले तराईका झण्डै एक दर्जन कमान्डरको बिनाकसुर कमान्ड खोस्ने काम गरेका छन् । तराईका केही जिल्लामा तस्करी गराएको आरोपमा ती कमान्डर परिवर्तन गरिए पनि त्यसको ठोस आधार र पुष्टि गर्ने प्रमाण नभएका कारण एआइजीले आफूहरुको मानमर्दन र बेइज्जती गरेको कमण्डरहरुले आइजीपीनिकट रहेका अधिकृत क्रमचारीहरुलाई समेत गुनासो गर्ने गरेका छन् ।
कमान्डमा खटिएका अधिकृतहरुलाई कारबाही नै गर्न गौतमले छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी दीपेन्द्र शाहलाई निर्देशन दिए पनि के कसुरमा अधिकृतहरुलाई कारबाही गर्ने भन्नेमा एआइजी गौतम आफैँ स्पष्ट छैनन् । उनले अनुगमनका नाममा केही दिन अघि मात्र आफू गुल्मपति हुँदा तस्करी गराएर बदनाम भएका एसपी भानुभक्त लम्साल सहितको टोलीलाइ तराईमा परिचालन गरेका थिए । उनै लम्सालको टोलीले दिएको गलत रिपोर्टको कारण अहिले केही अधिकृत तेस्को सिकार भएका छन् । एसपी लम्सालले केही वर्षअघि पूर्वी नवलपरासीको गुल्मपती हुँदा तस्करीको सामान काठमाडौँ पठाउँने क्रममा थानकोटमा पक्राउ परेको थियो । त्यो गाडीका ड्राइभर द्रोण केसी पक्राउ परेका थिए । पक्राउ परेका केसीले गुल्मबाट ल्याएको कपडा भएको जानकारी गराएका थिय । तर अहिले लम्साल ले तस्करीको खेप्नु पर्ने मुद्दा ड्राइभर केसी ले खेपेर हिँडेका छन् । ड्राइभर केसीको गाडीसमेत जफत हुँदा आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै केसीले एसपी लम्साल तस्करीमा दोषी रहेको बताउँदै आएका छन् । तर लम्साल यो मुद्दाबाट जोगिँदै आएका छन् । तिनै भ्रष्ट लम्सालले विगतमा एआइजी गौतम मधेस प्रदेशमा हुँदा परिचालन गरेका घुमुवाको सहयोगमा गलत रिपोर्टिङ गर्दै गरेको आरोप पनि लाग्दै आयको छ।
त्यतिमात्र होइन, अहिले सचिवालयको अनुगमन शाखामा कार्यरत डिएसपी सुदीप रेग्मी र इन्सपेक्टर हरिसिंह विष्टको बदमासीका कारण पनि यो समस्या आएको आरोप लाग्दै आयको छ । रौतहटका एसपी माधव रेग्मीका भाइ सुदीपले आफ्नो दाइले गरेको तस्करीबारे कहीँकतै पनि रिपोर्टिङ नगरेको पाइयको छ । रौतहटका एसपी माधव रेग्मी र बाराका एसपी टोपबहादुर डाँगीले घुमुवा परिचालन गरेर असुली धन्दा गर्दै गरेको आरोप पटक–पटक लाग्दै आयको छ । जसको हलचोकमा उजुरी परे पनि कतै पनि रिपोर्ट नै नगरेको पाइयको छ । यसबाहेक कसलाई कहाँ सरुवा गर्ने वा काज कहाँ खटाउने भन्ने सबै अधिकार अहिले प्रसाशन विभाग को नभयर डिएसपी सुदीप रेग्मीको हातमा हुने गरेको आरोप लाग्दै आयको छ । जसका कारण उनले आफूलाई मन नपरेका कर्मचारीलाई छानीछानी दुःख दिने गरेको आरोप पनि उनि माथि लाग्दै आयको छ ।
यसै पनि उनीसँगै काम गर्ने इन्सपेक्टर हरिसिहं विष्ट विगतमा तराई बसेर बद्नामी कमाएका व्यक्ति हुन् । उनले नै केही घुमुवामार्फत गलत प्रतिवेदन दिएर कमान्डर फिर्ता बोलाउन लगाएको समेत स्रोतको आरोप छ । त्यसैले त एआइजी गौतमको विगत पनि त्यति राम्रो छैन भन्ने आरोप खेप्दै आयका छन् । उनलाई एसपी हुँदा सर्लाहीमा व्यापक तस्करी गराएको आरोप लाग्दै आयको छ । सर्लाहीको गणपति हुँदा उनले दर्जन बढी घुमुवा परिचालन गरेका थिए । देवचन्द्र यादव नाम गरेका असइले सर्लाहीको चर्चित नाका त्रिभुवननगर र संग्रामपुर नाकाबाट करोडौं उठाएर गौतमलाई बुझाएको आरोप पनि लागेको छ ।
यस्तै वरिष्ठ हबल्दार रामनारायण साह र अर्का एक वरिष्ठ हबल्दार, सहायक हबल्दार यादव विष्ट सहित दर्जन बढी घुमुवा परिचालित गरायका थिए । त्यतिमात्र होइन, २०६६ सालमा राष्ट्रिय सुरक्षा योजना लागू हुँदा समेत सर्लाहीमा बेस र बिओपी स्थापना गर्न आएको करोडौं रकम गौतमले हिनामिना गरेको स्रोतले दाबी गरेको छ । ‘कुनै पनि बेस बिओपीमा त्यो रकम गएन सबै उनले राखे’, भन्ने कुराको आरोप पनि लाग्ने गरेको छ।
यसका साथै दन्तकाली गण र त्रिपूरा गण बाँकेको कोहलपुरमा बस्दासमेत तस्करी संग मिलेर गौतमले अकूत रकम कमाएको भन्ने आरोप लाग्दै आइरहेको छ । तिनै एआइजी अहिले आयर आफू निकै पारदर्सी भएको दाबी गर्ने गरेको देखियता पनि उनलाई केहि प्रहरी अधिकारि हरुले उनि गलत भयको आरोप लगाउदै आयका छन्। उनले अहिले पठाएका कमान्डर देखेर मुख्यालयमा चर्चाको विषय बन्ने गरेको छ । महोत्तरीको बिओपी पठाइएका डिएसपी महेश खरेल सशस्त्र प्रहरी बल नेपाल को इतिहासमै पहिलोपटक बिओपी कमान्ड दोहो¥याएर विकृति ल्याउनेमध्येका एक हुन् । कोषराज वन्त आइजिपी हुँदा उनले धनुषाको खजुरी बिओपी डबल कमान्ड अर्थात् २ वर्ष गरेका थिए । अहिले एआइजी गौतले बिनाकसुर र प्रमाण बिना कमान्ड फिर्ता गराउँदा तराईमा कमान्ड जाने कि नजाने भन्नेमा कर्मचारी बीच आतंक बढेको बताइन्छ । यसै पनि एआइजी सरल ,शान्त शोभाबका र सबै संग सजिलै मिल्न सक्ने गौतम लाइ बिभिन्न आरोप लागेपनि पुस्टि हुन नसकेको पाइयको छ । यसै गरि बाँकेमा हाल सम्म कै सबै भन्दा असल राज्य संगठन प्रति उत्तर्दाही काम गर्ने जोस जाँगर भयका सशस्त्र प्रहरी बल एसपी रमेश बिक्रम शाही ले बाँकेमा तस्करहरुको होस् उड्ने गरि काम गरेता पनि उनका विश्वाससिला पात्र जुनियर प्रहरी अधिकृत बाट धोका खादै आयको पाइन्छ । बिबादित जुनियर प्रहरी अधिकृत यक जना कुसुम पठायता पनि अर्का सोमराज शर्मा भने साथ् मै भयको सुन्दै आइरहेको छ ।उनि बिओपी भन्सार कार्यालयबाट आर्थिक प्रलोभनमा परेको भनि कारबाहीको लागि सशस्त्र प्रहरी बल नेपाल न. ३० गण बाँके मा तानियका बिबादित जुनियर प्रहरी अधिकृत हुन् भन्ने उनि माथि लागेको आरोप खेप्दै बसेका छन् ।









