१५ कार्तिक,

बाँके । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ ।

मंगलबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टाेलीले गरेकाे बजार अनुगमनको क्रममा रु १७ हजार ७० मुल्यको म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र रु ३०हजार ५ सय ९८ मुल्यको अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।

अनुगमन टाेलिले जमुनाह देखि बिपि चौक सम्मका विभिन्न ५३ वटा पसलको अनुगमन कार्य गरेकाे थियाे। अनुगमन टाेलिले उपभोक्ता हित बिपरितका गतिबिधी गर्ने ३ पसललाई जनही रु १०,००० का दरले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित ख