
१ भाद्र,
बाँके । वोटविरुवा रोपौ वातावरण शँरक्षण गरौँ भन्ने मुल नाराका साथ जानकी गाउँपालिकाले बृक्षारोपण गरेको छ ।

बाँकेको जानकी गाउँपालिकाले बृक्षारोपण गरेको छ । वोटविरुवा रोपौ वातावरण शँरक्षण गरौँ भन्ने मुल नाराका साथ जानकी गाउँपालिकाको १ देखि ६ नम्वर वडामा बृक्षारोपण गरिने कार्यक्रम अन्र्तगत विहिवार १ र २ नम्वर वडामा बृक्षारोपण गरिएको हो ।

बृक्षारोपण कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा लगाउनु मानव स्वास्थ्यको लागी स्वस्थकर हावापानी पाईने हुदा जिवनपयोगी भएको धारणा ब्यक्त गरे।

त्यसैगरेर बृक्षारोपण कार्यक्रममा २ नम्वर वडका वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले ५० प्रतिशत भुभागमा बृक्षारोपण गर्दा जनतालाई कुनै घाटा नहुने आफुलाई काठ पनि तयार हुने र वातावरण पनि शुद्द हुने बताए ।

बृक्षारोपण कार्यक्रममा १ र २ नम्वर वडामा सय सय विरुवा रोपिएको थियो भने कर्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ , २ नम्वर वडका वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता , विपत तथा वातावरण समितीका सम्योजक राजेन्द्र सिँह , योजना शाखाकी प्रमुख शोभा पौडेल , परामर्षदाता शोहराव अलि ईर्दिशी , विपत तथा वातावरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी , १ र २ नम्वर वडाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।








