
गृहमन्त्रालयमा शुक्रबार आयोजित एक विशेष सशस्त्र प्रहरी बल र गृहमन्त्रालयबीच आर्थिक वर्ष २०८०/८१ कालागि कार्यसम्पादन सम्झौता भएको छ उक्त कार्य सम्पादन सम्झौतामा गृह सचिव दिनेश भट्टराई र सशस्त्रप्रहरी महानिरीक्षक राजु अर्यालबीच सम्झौता भएको हो ।
उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे ।सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनकासाथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुनेउनले उल्लेख गरे ।
सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैकोआ–आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उनले व्यक्त गरे ।
नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथासञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११बमोजिम गृह सचिव भट्टराई र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच उक्त सम्झौता भएको छ।









