नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो। मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल मट्टितेल को मूल्यमा प्रतिलिटर पहिलो वर्गमा  (सात )रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु तेस्रो वर्गमा रु पाँचले मूल्य घटाइए को निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु एक सय ७५थियो।

यस्तै, डिजेल मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रुएक सय ४९ तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ।

निगमले विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज धनगढीलाई पहिलो, सुर्खेत दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा दिपायललाई तेस्रो वर्गमा राखेको छ।

निगमले हवाई इन्धन ९आन्तरिकतर्फ० प्रतिलिटर रु १४ अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५अमेरिकी डलरले मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख