९ चैत,

बाँके । सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले वनरक्षक पदमा दरखास्त आहवन गरेको छ ।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।

आयोगले खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १६७ पदमा माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले चैत २९ सम्म र दोब्बर दस्तुरमा बैशाख ६ सम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ ।

विस्तृत जानकारीका लागि तल रहेको लिंकमा क्लिक गर्नुहोस्

https://psc.sudurpashchim.gov.np/welcome/news_notice/87

प्रतिक्रिया

सम्बन्धित ख