७ माघ,

बाँके । बाँकेमा आज पनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ ।
आज (शुक्रबार)एकै दिन ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७१ नमुना परीक्षण भएकोमा एक सय १६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

उनका अनुसार,संक्रमण पुष्टि भएका मध्ये बाँकेका ९० जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका छन् । संक्रमण दर हेर्दा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय ७८ पुगेको छ ।

यो संगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय ९० पुगेको छ । यस्तै आज थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख