
६ माघ,
बाँकेमा । पछिल्लो २४ घण्टामा बाँकेमा थप १०७ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाका तीन वटा प्रयोगशालामा १६७ नमुना परीक्षण गर्दा १०७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन । हिंजो १०८ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनका अनुसार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७८ जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्जका छन् । आज थप १३ जना डिस्चार्ज भएका छन।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ९५ पुगेको छ ।






