५ माघ,

बाँके । बाँकेमा ५५ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

बाँकेमा १८ वर्षमाथिका खोप लगाउने लक्षित वर्ग ४ लाख ६ हजार ६५ जना र १२ देखि १८ वर्ष उमेर समूहका ७९ हजार ८ सय ३६ जना खोप लगाउने रहेका छन ।

सो मध्यबाट ५५ प्रतिशतले खोपको पूर्णमात्रा लगाएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । उनका अनुसार खोपको पहिलो मात्रा ८० प्रतिशतले लगाइसकेका छन ।

बाँके जिल्लाका सबै पालिकाहरुमा अहिलेपनि खोप लगाउने अभियान चलिरहेको छ।

ओमिक्रोन भाइरसको संक्रमण फैलिँदै गएपछि र सार्वजनिक क्षेत्रमा प्रवेश गर्न र सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य भए संगै खोप लगाउनेको संख्यामा वृद्धि भएको फोकल पर्सन वलीको भनाइ छ ।

कोरोना विरुद्धको दुवै मात्राको खोप लगाइसकेकालाई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बुष्टर खोप लगाउने अभियान पनि चलिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख