
५ माघ,
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं.४ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो। मंगलबार उपचारको क्रममा राती ११ बजे उनको मृत्यु भएको हो ।
उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेका बताइएको छ ।






