
२९ मंसिर,
बाँके । बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८१ पुगेको छ ।






