२६ मंसिर,

अमेरिकाबाट कोरोना विरुद्धको अमेरिकी कम्पनी मोडर्ना खोप आज नेपाल आइपुगेको छ । सो खोप १९ लाख ६५ हजार ६ सय नेपाल आइपुगेको हो ।

आज आइतबार बिहान कतार एयलाइन्समार्फत आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

यो खोप कोभ्याक्स सुविधामार्फत आइपुगेको र टेकुस्थित केन्द्रीय भण्डारकक्ष लगेर राखिएको अधिकृत थापाले बताए ।

आहिले सम्म ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा आइपुगेको छ।

सरकारले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई यो खोप दिने तयारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख