
९ मंसिर,
बाँके । बाँकेमा आज बिहिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके जिल्लाको ३ वटा प्रयोगशालमा मध्य कोहलपुर मेडिकल कलेजमा ३८ जनाको नमुुना परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
उनका अनुसार बाँकेमा १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।
आज विहिबार २ जना डिस्चार्ज समेत भएका वलीले बताए ।






