
७ मंसिर,
बाँके । पछिल्लो २४ घण्टामा मंगलबार बाँकेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई वटा प्रयोगशालामा गरिएको ४५ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
उनका अनुसार भेरी अस्पतालको प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको वलीले बताए ।






