
१ मंसिर,
दाङ । तुलसीपुरमा टेक्टरले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालका घाइते भएका छन ।
प्रहरीका अनुसार, तुलसीपुरबाट जसपुर जाँदै गरेको लु २ त ४२१४ नम्बरको टेक्टरले विपरित दिशाबाट आउँदै गरेको रा ३ प १९९२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा नं.६ को ४२ वर्षिय कानुन व्यवसायी श्रीराम चौधरी घाइते भएका हुन ।
घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।





