
कार्तिक-३०, बाँके ।
बाँके जिल्लामा ट्राफिक प्रहरी ब्यवस्थापन भन्दा पनि असुली धन्दामा ब्यस्त रहेको छ ।
जिल्ला भरको प्रत्येक बिट बाट दैनिक ५०० देखि ५००० सम्म बुझाउन हाकिम बाट नै आदेश आउने गरेको ट्राफिक स्रोतले बाँके अपडेट लाई बताएको छ ।यस अघि पनि बाँके अपडेट मिडियाले कहाँ बाट कति कति असुली गर्छ भनेर समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार पश्च्यात तत्कालीन प्रहरी निरीक्षक राजु भण्डारी माथी समेत प्रदेश कार्यालयले छानबिन गरेको थियो ।
भण्डारीको सरुवा भए लगत्तै राजनीति र प्रशासनिक पावरको चलखेल गरि ऐन बहादुर मल्लले काज सरुवा गराइ बाँके आएको स्रोतको दाबी छ ।
बाँके जिल्लामा अबैध खोला/नाला उत्खनन ,यात्रु बहाक सवारी अदि बाट दैनिक १००/२०० नदिए १५०० को चिट काट्ने डरले गर्दा दैनिक सवारी चालकहरुले प्रत्येक बिटमा ५०/१०० दिने गरेको बाँके अपडेट लाई स्रोतले बताएका छन । उनले विभिन्न बिट इन्चार्जहरु लाई फेर बदल गरेका छन ।जस्ले धेरै उठाउन सक्छ त्यसलाई गतिलो कमाइ हुने ठाउमा पठाउने जिल्ला ट्राफिक प्रहरीको नियती जस्तै भएको छ ।
त्यसैगरि कोहलपुरमा अवस्थित हाइस्कुल,मदन चोक र चपरगौडी बिटले समेत हजारौ रुपैया उठाएर दिने गरेको ट्राफिक स्रोतले बाँके अपडेट लाई बतायो । जिल्ला ट्राफिक प्रहरीले मोटो रकम दैनिक असुल्ने र दैनिक जसो नै पैसा बुझ्ने गरेको स्रोत बताउछ ।
कोहलपुर चपरगौडी बिटमा हवल्दारको कमान्डमा ट्राफिक चेकिङको नाममा लुट गर्दै दैनिक प्रती गाडी पैसा उठाउने र पैसा नदिए रु.१५०० को चिट काट्ने दुख दिने गरेको स्रोतको दाबी छ।
चपरगौडीबिट बाट ट्राफिक प्रहरीले हाकिम साहेब को भाग भन्दै दैनिक रु.२००० छुट्याउने गरेको स्रोतको दाबी छ । त्यसरि हिसाब गर्दा चपरगौडी बिट बाट मात्र मासिक ६० हजार असुल्ने गरेको पाइएको हो ।यो बिट एक उदाहरण मात्र हो । यसरि बाँकेमा प्रहरीको आक्रमक रुपमा लुट धन्दा नै चलाएको देखिन्छ। नियामक निकाय बाट नै भ्रष्टाचार हुदा जिल्लाको शान्ति ब्यवस्थापन धरासाही हुन पुगेको छ ।
हाकिम को नाम मा(ऐन बहादुर मल्ल) रु २००० दिएता पनि दैनिक रु.८०००/१२००० सम सो बिटले चेकिङको बहानामा प्रत्येक जसो गाडी बाट पैसा असुल्ने गरेको जानकार तथा स्थानीयले समेत बाँके अपाडेट लाई बताए ।
स्थानीय केहि नेताहरुले समेत ट्राफिक को कुनै काम नरहेको पैसा मात्र असुलेको हुदा ट्राफिक नै चपरगौडी बिट बाट हटाउने पर्ने र प्रहरी मात्र सुरक्षामा खटाउन वडा कार्यालय लाई समेत जानकारी दिइएको एक स्थानिय नेताले बाँके अपडेट लाई बताए ।
यस बिषयमा जिल्ला ट्राफिक प्रहरि प्रमुख ऐन बहादुर मल्ल लाई फोन सम्मर्क गर्दा उनि भन्छन ” मैले कसै बाट कत्ती पनि पैसा उठाको छैन , यदि कसैले उठाएको छ भने उजुरी ल्याउनु होस कार्बाही हुनेछ । यदि कसैले उठाएका होला,उठाउने नै पछि फन्दामा आफै पर्छ ।यस्ता समाचार बर्ष अघि बाट आउँछ जान्छ यस्तै हो समाचार । फेरि उनी भन्छन के मैले समाचार नलेख्नु होस भेट्न आउनु भन्दै तपाइँ लाई बोलाउने त ? ” भन्दै बाँके अपडेट सङ झर्को मान्दै सर्को स्वरमा भने ।
तर रुखो स्वभावमा प्रहरी निरीक्षक एबम जिल्ला ट्राफिक प्रहरी प्रमुख ऐन बहादुर मल्लले दिएको गैर जिम्मेवार पुर्ण जबाफ रहेको छ। बारम्बार समाचार बाहिर आउदा समन्धित कमाण्डर र जिल्ला इन्चार्ज लाई कार्बाही नहुदा भ्रष्टाचार बढेर गएको देखिन्छ ।






