
३० कार्तिक,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सो जानकारी दिएका हुन ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्छौँ। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्छ। हामी बिस्तारै यता जानुपर्छ।’
त्यस्ता क्षेत्रमा आउने उद्यमी र व्यापारीलाई सहयोग गर्न तयार भएको प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारे ।
उनले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।उनले भने‚ ‘लाइसेन्स लिएर मात्रै भएन काम पनि गर्नुप¥यो। तपाईंहरूलाई हामी सहुलियत दिन तयार छौँ। नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ।’





