२९ कार्तिक,

बाँके । कोरोना भाइरस विरुद्धको फाइजर खोप बाँकेमा आइतबार देखी लगाउन सुरु भएको छ ।

नेपाल सरकारले दीर्घरोगी नागरिकलाई लक्षित गरेर सुरु गरेको अभियान बाँकेमा समेत सुरु भएको हो । कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १ हजार आठ सय खोप लगाउने लक्ष्य रहेको छ ।

यो खोप देशभरिका विभिन्न २४ वटा अस्पतालबाट मात्र लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमध्यबाट बाँक जिल्लाको भेरी अस्पताललाई खोप केन्द्र तोकेर फाइजर खोप लगाउने स्थान तोेकिएको छ । यो खोप भेरी अस्पतालमा मंसिर ४ गतेसम्म लगाइने छ ।

नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो ।

यो खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकाहरुले लगाउन पाउँनेछन् ।

उक्त खोप १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख