२९ कार्तिक,

बाँके । प्रहरीले भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक नजिक भारतबाट भन्सार छली ल्याएको लेडिज कपडा, गहुँ ७ बोरा, युरिया मल ७ बोरा गरी कुल जम्मा अन्दाजी मुल्य रु.६३,०००।– (तिरसठ्ठि हजार) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

त्यसैगरी नेपालगंज उपमहानगरपालिका गणेशमान चोक नजिक भारतबाट भन्सार छली ल्याएको ताला चाबि र मोजा गरी अन्दाजी मुल्य रु.१,००,०००।– (एक लाख) रुपैया बराबरको सामान बरामद गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त बरामद गरेको जम्म मुल्य रु १६३००० बराबरको अवैध सामानहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख