२६ कार्तिक,

बाँके । प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वाड नं.३ बस्ने वर्ष ३० को बबिन शाहीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका वडा नं. १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगंज बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा शंका लागि शाहीलाई चेक गर्दा उनको साथबाट रियाल फु्रटिको डिब्बामा २ लिटर लागू औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट जस्तो पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरी उनीमाथि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख