
१५ कार्तिक,
बर्दिया । प्रहरीले भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार, ईलाका प्रहरी कार्यालय सानोश्री र सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलिले गस्ती गर्ने क्रममा बिभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी मुल्य रू. २९,०६०÷– बराबरका चिनी, सुर्तिजन्य पदार्थ र पंखामा लाग्ने प्लाष्टिकका पाताहरु बरामद गरेको हो ।
उक्त बरामद गरेको सम्पुर्ण सामानहरु आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।





