कार्तिक-१३,बाँके ।

कोहलपुर इलाका प्रहरी कार्यलयले सडक दुर्घटना भइ जन-धनको क्षति भइरहेको बिषयलाई मध्यनजर गरि,स्थानीयहरुसग सहकार्य गरि दुर्घटना न्यूनीकरण तथा पैदल यात्री सुरक्षा कार्यक्रम लागू गरेको छ।

सो क्रममा आज शनिबार , बाँके जिल्ला राप्तिसोनारी गाउपालिका वडा न.८ स्थित सम्शेरगन्ज बजारमा दुर्घटना न्यूनीकरण, तथा बिशेष गरि पैदललयात्री लाई के-कस्तो उपाय गरि सुरक्षित हिडाउन सकिन्छ भन्ने बारे ,एक बृहत् अन्तर्कृया कार्यक्रम सप्पन्न भएको छ ।

स्थानीय जनप्रतिनिधी , ब्यापारि, बुधिजिबी तथा आम सडक प्रयोग कर्ताहरुको सहभागीता थियो। सो कार्यक्रममा बक्ताहरुले ‘पैदल मार्ग नभएकोले यात्रीले सडकमा नै टेकेर यात्रा गर्नुपर्ने र राजमार्ग भएको कारण , सबारी गति समेत बढि हुने हुदा दुर्घटना मा ठुलो क्षती हुने गरेको स्थानीयहरुले दुख ब्यक्त गरे’।

राजमार्गको अन्य जोखिम स्थानहरूमा समेत यस्तो कार्यक्रम लागू गरिने ईलाका प्रहरी कार्यालय कोहलपुर का डिएसपी रबिन्द्र खनालले बाँके अपडेट लाई बताए ।

सम्शेरगन्ज क्षेत्रलाई केन्द्रीत गरि गठन भएको यस ७ सदस्यीय समितिले कारण श्रोत ब्यबस्थापन , तथा आबस्यक बस्तुको निर्माण समेतको काम गर्नुका साथ साथै पैदल यात्रीले सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानिहरुको बारेमा आम सर्बसाधरणहरुमा सचेतना सन्चलन समेत गर्ने छ।

उक्त समितिमा इ प्र का कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरी अध्यक्ष रहेका छन भने स्थानिय स्तरको प्रहरी युनिट को प्रमुख सदस्य सचिव रहने गरि यो समिती गठन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख