१२ कार्तिक,

नेपाल बार एशोसिएसन परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार मुक्का हानाहान भएको छ ।

शुक्रबार दुई वकिल बीच प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका विराट न्यौपाने र न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा उभिएका भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए ।प्रधानन्यायाधीशको विषयलाई लिएर दुई वकील बीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्।

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख