कार्तिक-९,बाँके

कोहलपुर नगरपालिका स्थित चौराहमा नेकपा एमालेको नगरअधिबेशनको लागि राखिएको झण्डा गाएब भएको छ ।

नगर अधिबेशन को पुर्बसन्ध्यामा सजावटको लागि भन्दै हजारौं रुपैया खर्चेर राखिएको झण्डा रातारात गाएब हुनुले एमालेको पकड रहेको र एमाले बाट नै निर्वाचित मेयर हुदा समेत कोहलपुर एमाले कमजोरी देखिएको छ ।

आन्तरिक कलह र पद मोहले गर्दा एमाले कम्जोर हुँदै गएको एमालेका एक नेताले बाँके अपडेट लाई बताए । यसरि राखिएको झण्डा नै गाएब हुदा नगरअधिबेशनको तयारीमा जुटेका पार्टी कार्यकर्ता र युवामा नैरास्यता बढेको छ।

काङ्ग्रेस निकट युवा संगठन तरुण दलमा कोहलपुर नगर सभापति हरिसिङ कठायतले समेत कोहलपुर चौराहमा राष्ट्रिय झण्डा हाल्न पर्नेमा पार्टी को झण्डा राखेको भन्दै सामाजिक संजाल बाट बिरोध गरेका थिए ।

त्यसैगरी एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटि सह- संयोजक बिकल भट्टराईले परमादेश सरकारको भरौटेहरुले एमाले सङ डराएर गरेको करतुत रहेको बताएका छन ।भने पुन: झण्डा हाल्न लागेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख