८ कार्तिक,

बाँके । बैजनाथ गाउँपालिकामा व्यक्तिको नाममा भएको जग्गा मन्दिरको नाममा नदिए सामाजिक बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

गत महिनाको असोज २० गते बैजनाथ गाउँपालिका वडा नं. ४ गुरुवागाउँमा थारु सामुदायको बरघर बृज बिहारी थारुको अध्यक्षतामा बसेको बैठकले २०४४ सालमा टिकाराम थारुको नाममा दर्ता भएको जग्गामा थारु समुदायको विवाह र शभ कार्य गर्नु भन्दा पहिला पुजा गरिन भएकोले उक्त जग्गा देवताको नाममा नदिए टिकाराम थारुको परिवारलाइ गाउँमा सामाजिक वहिष्कार र हुक्का पानी बन्दा गरिदिने चेतावनी दिएका हुन ।

त्यसै मन्दिरको विषयलाई लिएर बृज बहादुर , प्रभु दयाल थारु, बैजनाथ थारु, रामसेवक थारु र हरिराम थारु लगाएतका गाँउका करिब ५० जनाको उपस्थितिमा बरघर अध्यक्षतामा बसेको बैठकले टिकाराम थारुको नाममा भएको व्यक्तिगत जग्गा जबरजस्ती सार्वजनिक गर्नुपर्ने माग राख्दै तिन तहको सरकार गठन भएको २१ औं सताब्दीको युगमा आफैं निर्णय गरेर टिकारामको परिवारलाई सामाजिक बहिष्कार गर्ने भनी गाउँको चौकीदारद्वारा गाउँमा प्रचारप्रसार गरिएको पाइएको छ ।

जबकी नेपालको संविधान कानुन अनुसार कुनैपनि व्यक्तिको जग्गा उसको मन्जुरी बिना कसैले पनि हकजमाउन नपाइने व्यवस्था गरिएकोे छ । तर यता बैजनाथ गाउँपालिकाको गुरुवागाउँमा जग्गा धनीको मन्जुरी बिना नै आफै निर्णय गरी जबरजस्ती जग्गा हड्पिने काम गरिएको छ ।

पिडित पक्षका टिकाराम थारुले भन्छन “मेरो नाममा भएको व्यक्तिगत जग्गा माथि कसैलाई हकजमाउने अधिकार छैन । र यो जग्गा मेरो बुवाको पाला देखी रही आएको जग्गा हो यसमा मा कसैलाई हक जमाउन दिने छैन । यो मदिरको स्थापना म आफै स्वयम ढल्लिपुरबाट एउटा सानो दुङ्गा ल्याएर गाउँमा भएको आफ्नो बगैचामा रहेको पिपलको रुखमुनी राखेर व्यक्तिगत पुजा गर्नको लागि स्थापना गरेको थिए । विस्तारै गाउँका सबै मानिसहरु पुजा गर्न आउँना थाले । तर आहिले आएर राजनितिक पावर देखाएर मेरो व्यक्तिगत जग्गा माथि धावा बोल्ने, हड्पिने तथा मेरो परिवारलाई सामाजिक बहिष्कार गर्ने काम गरेका छन । यो विषयमा लिएर पाँच बर्ष देखी मानसिक तनाव त दिएकै थिए तर आहिले आएर नेपालमा गणतन्त्र लागु भएको यतिका वर्ष हुदा पनि सामाजिक वहिष्कार, जबरजस्ती आरुको जग्गा हड्पिना खोजिने, छुवाछुत, भेदभाव लगाएतका थुप्रै समस्याहरु मेरो परिवारलाई भोग्नु परेको छ” ।

राजनितिक पावरले गर्दा ४ /५ दिन प्रहरी कार्यालय धाउदा पनि सामाजिक बहिष्कारको विषयमा कोहलपुर इलाका प्रहरी कार्यालयले मुद्दा समेत दर्ता नगरेको पिडित टिकारमा थारुले बताउछन ।

बाँके अपडेट मिडियाले कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रबिन्द्र खनाल संग यस विषयमा कुरा गर्दा उनी भन्छन “हामी यस घटना सम्बन्धी अनुसन्धन गरिरहेका छौं र यो सामान्य सामाजिक विवाद रहेकोले समाजमै समस्याको समाधन हुने बताए” ।

यस विषयमा स्थानीयसंग कुराकानी गर्दा उनीहरु भन्छन “टिकारामले मन्दिरको नाममा जग्गा नदिएपछि हामीले सामाजिक बहिष्कार गरेका हौं । यदी उनले जग्गा दिन सहमति भए भने हामी पुन सामाजिक बहिष्कार फुकुवा गर्ने बताउछन” ।

त्यसै क्रममा गाउँका स्थानिय मोहम्मद अब्दुल लकिरले भन्छन, आरुको नाममा भएको व्यक्तिगत जग्गा कसैले जबरजस्ती हड्पिना पाउदैन र कसैको अधिकार पनि छैन । यदि लिनु नै छ भने सहमतिमा गएर मन जितेर जग्गा दिनुस गाउँमा मन्दिरको लागि जग्गाको खाँचो छ भनेपछि दिने नदिने जग्गा धनिको मनको कुरा हो । तर यसरी जबरजस्ती सामाजिक बहिष्कार गर्न पाईदैन ।

 

प्रतिक्रिया

सम्बन्धित ख