३ कार्तिक,

नेपाल सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई दुई लाख दिनुको साथै घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।

त्यसै क्रममा गृहमन्त्री बालकृष्ण खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइनेका साथै घर निर्माणमा जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइन जानकारी दिए ।

यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख