३ कार्तिक,

बाँके । हिन्दू स्वयंसेवक संघ नेपालले सात दिने आवासीय प्राथमिक शिक्षा वर्ग बुधबार ३ गते देखी सञ्चालन गरेको छ ।

सात दिने आवासीय वर्ग बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नंं. ६ स्थित सरस्वती मा.वी भंगोटनामा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन आएको हो ।

यस वर्गमा सहाभागी भएको युवाहरुलाई आफ्नो धर्म संस्कार, संस्कृति, राष्ट्रप्रेम जस्ता कुराका साथसाथै यस प्रशिक्षणबाट शरिरिक, बौद्धिक र मानसिकको विकास समेत हुने हिन्दू स्वयंसेवक संघ नेपालका पश्चिम सम्भाग प्रचारक तथा राष्ट्रिय शरिरिक प्रमुख बिकुल दाहालले बताउनु भएको छ ।

सम्भाग प्रचारक तथा राष्ट्रिय शरिरिक प्रमुख दाहालका अनुसार यस वर्गले व्यक्तिगत जिवनमा गर्नुपर्ने हरेक क्रियाकलपलाई कसरी व्यवस्थित गर्नै, समयको बचत र एउटा सफल जिवन कसरी जिउने बाटो देखाउने काम गर्दछ । साथै यसबाट शरिरिक तन्दुरुस्तिको लागि योग, व्याम, आसन, सुर्य नमस्कार, आत्मा सुरक्षाको लागि दण्डा प्रहार, नियुद्ध र बौद्धिकको लगि देश भक्ति गित, बौद्धिक मन्त्र, प्रवचनहरुको माध्यमाबाट असल व्यक्ति निमार्ण लगाएत यस वर्गबाट सिक्नेछन ।

विहान देखी लिएर साँझ सम्म गरिने हरेक क्रियाकलपहरुबाट सामान्य संस्कृत भाषाको समेत ज्ञान हुनेछ ।

वर्गमा के के हुन्छ ?

१.वर्गमा सात दिन सम्म दैनिक दिनचार्यमा जागारण देखी साँझको निर्वाणसम्म कार्यक्रम हुन्छ ।

२. वर्ग अन्तर्गत विधार्थीले शारिरिक मानसिक र बौद्धिक गरी तिन प्रकारको प्रशिक्षण प्राप्ता गर्दछन ।

३. बौद्धिक विषयहरु – देश भक्ति गित, महापुरुषहरुको अमृतवचन, सुभाषित, वर्गमा आउने अधिकारीहरुबाट प्रवचन,समसामायिक र विविध चर्चा जस्ता ज्ञानहरु प्राप्ता गर्नेछन ।

४. शरिरिकका विषयहरुमा– बिहान, बेलुका हुने विविध किसिमका योग, व्याम, आसान, सुर्य नमस्कार, नियुद्ध, दण्डा प्रहार र मनोरञ्जनको लागि खेलहरुको समेत को ज्ञान पाउनेछन ।

बुधबार देखी सञ्चलित वर्गमा हिन्दु स्वयंसेवक संघ नेपालका नेपालगंज सम्भाग संघचालक राजेन्द« कुमार यादव, बाँके जिल्ला संघचालक खड्ग बहादुर बोहोरा , बर्दिया जिल्ला संघचालक सुबास पोख्रेल र नेपालगंज नगर विस्तारक आनन्द रौनियार लगाएत वर्गमा सहाभगि भएका युवाहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको हिन्दु स्वयंसेवक संघ नेपालका पश्चिम सम्भाग प्रचारक तथा राष्ट्रिय शरिरिक प्रमुख बिकुल दाहालले बाँके अपडेटलाई जानकारी दिनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख