धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २५ जना घाइते

३० कार्तिक,

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares