
२ बैशाख,
बाँके । प्रतिनिधिसभाको पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीले संसद्मा सम्बोधन नगरेको विषयलाई लिएर प्रश्न उठ्न थालेको छ। चुनावपछि जनतालाई धन्यवाद दिनु र नयाँ राजनीतिक अवस्थाबारे स्पष्ट धारणा राख्नु प्रधानमन्त्रीको जिम्मेवारी भए पनि त्यसतर्फ ध्यान नदिएको आरोप लागिरहेको छ।
सार्वजनिक रूपमा व्यक्त गरिएको एक धारणा अनुसार “कुरा कम, काम बढी” भन्ने व्यक्तिगत सोच राखे पनि संसद् मार्फत राष्ट्रलाई सम्बोधन गर्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो। नेताको निजी शैलीभन्दा लोकतान्त्रिक मूल्य–मान्यता र प्रक्रियाले प्राथमिकता पाउनुपर्ने बताइएको छ।
उक्त धारणा राख्ने जेनजी रक्ष बमले जनतालाई केवल प्राविधिक समाधान मात्र नभई नेतृत्वबाट मनोवैज्ञानिक साथ पनि आवश्यक पर्ने उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीलाई संसद्मा बोल्दै जनताको भावना सम्बोधन गर्न आग्रह गरेका छन्।
साथै, उनले व्यक्तिगत शैलीमा शासन सञ्चालन गर्न खोजिए लोकतान्त्रिक अवसर संकुचित हुने चेतावनी दिएका छन्। “तपाईं सक्षम र सबल हुन सक्नुहुन्छ, तर एक व्यक्तिका रूपमा सीमित पनि हुनुहुन्छ,” भन्दै उनले विगतका नेतृत्वजस्तै आफूलाई असीमित ठान्ने गल्ती नदोहो¥याउन सुझाव दिएका छन्।
प्रधानमन्त्रीको मौनता र संसद्मा सम्बोधनको अभावले आगामी दिनमा राजनीतिक बहसलाई थप तात्ने संकेत देखिएको छ।









