२ बैशाख,

सुर्खेत — कर्णाली प्रदेशका लागि प्रहरी संरचना सुदृढ बनाउने उद्देश्यसहित बाँकेस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई कर्णालीमै सार्ने तयारी तीव्र पारिएको छ। यसै क्रममा आज सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा प्रस्तावित जग्गाको स्थलगत अनुगमन गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश कुमार सपकोटाका अनुसार अबको करिब एक महिनाभित्र जग्गा प्राप्ति प्रक्रिया पूरा गरी तालिम केन्द्र निर्माण कार्य अघि बढाउने योजना रहेको छ। उनले कर्णालीमै प्रहरी तालिम केन्द्र स्थापना हुँदा प्रदेशको सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यसअघि सांसद सपकोटाले कर्णाली प्रदेशसँग सम्बन्धित प्रहरी कार्यालयहरू अझै लुम्बिनी प्रदेशमा रहेको भन्दै ती संरचना कर्णालीमै सार्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख