
२ वैशाख,
बाँके — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। लेन मिच्दै सवारी चलाएको भन्दै सभामुखको गाडीसहित अगाडि–पछि रहेका तीन वटा सवारीलाई चिट काटिएको स्रोतले जनाएको छ।
थापाथली क्षेत्रको सडकमा लेन उल्लंघन गर्दै अघि बढेको उक्त सवारी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
ट्राफिक नियम उल्लंघनमा उच्च पदस्थ व्यक्तिका सवारीसमेत नछुट्ने सन्देशसहित गरिएको यस कारबाहीलाई महत्वका साथ हेरिएको छ।









