
सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक राजु अर्याल को कार्यकाल अन्तिम चरणमा पुगेसँगै संगठनभित्र नयाँ नेतृत्वको बहस तीव्र बनेको छ। यस्तो संवेदनशील मोडमा संस्थालाई सही दिशा दिन सक्ने व्यक्तित्वको खोजी भइरहँदा एआईजी नारायणदत्त पौडेल को नाम अग्रपंक्तिमा देखिएको छ।
दीर्घ अनुभव, सन्तुलित निर्णय क्षमता र संस्थामुखी सोचका कारण पौडेललाई संगठनभित्र भरोसायोग्य कमाण्डरका रूपमा लिइन्छ। उनले जिम्मेवारी सम्हालेका विभिन्न चरणमा देखाएको अनुशासन, पारदर्शिता र नेतृत्वदक्षताले उनलाई स्वाभाविक रूपमा शीर्ष पदको दाबेदार बनाएको विश्लेषण भइरहेको छ।
सशस्त्र प्रहरी बल जस्तो संवेदनशील निकायमा एकता, दृढता र व्यावसायिकता कायम राख्न सक्षम नेतृत्व अपरिहार्य हुने सन्दर्भमा पौडेलको भूमिका निर्णायक हुन सक्ने विश्वास गरिएको छ।
अबको नेतृत्व कसले सम्हाल्ने भन्ने औपचारिक निर्णय बाँकी रहे पनि एआईजी पौडेलको सम्भावना भने दिनप्रतिदिन थप बलियो बन्दै गएको देखिन्छ।
#ArmedPoliceForce #NarayanduttaPaudel






