
१० चैत्र,
बाँके — बाँके जिल्लाका विभिन्न स्थानबाट अबैध रूपमा भारतबाट ल्याइएका ब्रोइलर कुखुरा र बंगुर प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष चेकजाँचका क्रममा करिब १०० किलोग्राम तौलका ४० वटा ब्रोइलर कुखुरा तथा ६ वटा बंगुर नियन्त्रणमा लिइएको हो। बरामद गरिएका पशुपंक्षीको अनुमानित मूल्य करिब रु. १ लाख ३० हजार रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका कुखुरा तथा बंगुरलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज, बाँकेमा बुझाइएको छ।
प्रहरीले अवैध आयात तथा भन्सार छलि रोक्न यस्ता निगरानी तथा चेकजाँचलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।









