
९ चैत्र,
बाँके । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हुने अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्ने निर्णय गरेको खुलासा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता सकारात्मक रहेको पनि उनले बताएका छन्।
उनले मध्यपूर्वमा समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र उपलब्धिपूर्ण वार्ता भएको उल्लेख गरेका छन्।
उनले इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोकेको पनि जानकारी दिएका छन्।









